लमजुङमा अनधिकृत रुपमा पेट्रोलियम पदार्थ बच्नेलाई २० हजार जरिवाना

152
  •  
  •  
  •  

काठमाडौं । लमजुङमा अनधिकृत रुपमा पेट्रोलियम पदार्थ बेचबिखन गर्ने एक पसललाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

फाइल तस्बिर

सहायक प्रमुख जिल्ला अधिकारीको सयोजकत्वमा, सुन्दरबजार नगरपालिका र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि समेतको टोलीले सुन्दरबजार नगरपालिकाका विभिन्न स्थानमा बजार अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा सुन्दरबजार नगरपालिका ७ मा रहेको रुद्रदेवी किनारा पसललाई २० हजार रुपैयाँ जरिवाना गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिम कसुर ठहरी सोही ऐनको दफा ३९ बमोजिम कारबाही गरिएको हो । उक्त पसलबाट १२२.५ लिटर पेट्रोल र ४० लिटर डिजेल समेत जफत गरिएको छ ।

चाडपर्व नजिकिएसँगै जिल्लामा बजार अनुगमनलाई तीव्र पारिएको छ । यसअघि सदरमुकाम बेसीशहर बजारमा गरिएको अनुगमनमा तीनवटा पसलमा म्याद नाघेका सामाग्री बरामद गरिएको थियो ।

 

 


  •  
  •  
  •