लमजुङ बेसीशहरका यि पसलमा भेटिए म्याद नाघेका सामान

653
  •  
  •  
  •  

काठमाडौं । चाडपर्व शुरु हुन लागेसँगै लमजुङमा बजार अनुगमनलाई तीब्र बनाइएको छ ।  बिहीबार जिल्ला प्रशासन कार्यालय लमजुङका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सम्बन्धित नगरपालिका र जिल्ला प्रहरी कार्यालयको प्रतिनिधिसमेतको टोलीले बेसीशहर नगरपालिकाका विभिन्न स्थानमा बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा म्याद नाघेका सामान भेटिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार बेसीशहर नगरपालिका ७ मनाङ्गे चौतारमा रहेको मिन्ट सुपर मार्टमा म्याद नाघेको ७ प्याकेट खुर्सानी पाउडरको धुलो भेटिएको छ ।

यस्तै बेसीशहर नगरापकिला ७ कै शिवशक्ति किनारा स्टोरमा १८ प्याकेट आटा, १ किलो मकैको प्याकेट, एभरेष्ट मार्टमा थ्रि सिस्टर अचार तथा तितौरा उद्योग मुग्लिनको उत्पादन गरेको विभिन्न स्वादका ९ बोतल अचार म्याद नाघेको भेटिएको छ ।

यस्तै बेसीशहर ९ हाइस्कुल चोकमा १० प्इाकेट दुध, ५ प्याकेट चकलेट, २ प्याकेट मार्स चकलेट, १ प्याकेट स्टार डेरी मिल्क, ११ प्याकेट पोरिज धुलो र १६ प्याकेट मसरुम सुप फेला पारिएको छ ।

 


  •  
  •  
  •