लमजुङमा बस दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

694
  •  
  •  
  •  

लमजुङ । लमजुङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

सदरमुकाम बेसीशहरबाट सुन्दरबजार नगरपालिकाको खत्रीठाँटीका लागि छुटेको ग १ ख ६५०१ नम्बरको मिनीबस बेसीशहर नगरपालिका १ उदीपुर बजार नजिकै दुर्घटना भएको हो । साँझ पौने ८ बजेतिर भएको दुर्घटनामा बेसीशहर नगरपालिका १ धिमिरेगाउँका अन्दाजी २६ वर्षीय अर्जुन परिवारको मृत्यु भएको छ । बसमा सवार अन्य चारजना घाइते भएका छन् । घाइते मध्ये २ को अवस्था गम्भीर प्रहरीले जनाएको छ ।

घाइते हुनेमा राइनास नगरपालिका ८ का १९ बर्षीय सुदिप नेपाली, चालक बेंसीसहर नगरपालिका ४ पुरानोकोटका २८ बर्षीय मनोज गुरुङ, सहचालक बेंसीसहरका ४ कै १८ बर्षीय दिपेन्द्र गुरुङ, र बेंसीसहर नगरपालिका १ उदिपुरका प्रकाश बुढाथोकी रहेका छन् ।

चालक मनोज र बसमा सवार सुदिपको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुईजनाको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन रिफर गरिएको छ । सहचालक दिपेन्द्रको अस्पतालमै उपचार भइरहेको छ ।

प्रकाश भने सामान्य घाइते भएको र घरमै रहेको प्रहरीले बताएको छ । उक्त बस सडकबाट करिव १०० मिटर तल खसेर दुर्घटना भएको हो ।


  •  
  •  
  •