लमजुङमा २४ दिनको शिशुसहित एकैदिन १६ जनाले जिते कोरोना

473
  •  
  •  
  •  

काठमाडौं । लमजुङमा २४ दिनको नवजात शिशुसहित शनिबार एकैदिन १६ जनाले कोरोना जितेका छन् । बेसिशहरस्थित शहरी विकास भवन सहजी र लमजुङ जिल्ला सामुदायिक अस्पताल बेसीशहरमा भर्ना भएका ४ महिलासहित १६ जनाले कोरोना जितेर शनिबार डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा बेसीशहर नगरपालिका वडा नं ३, ८, १० र ११ का ३२, १६, ४५, ३८ र २८ वर्षका पुरुष रहेका छन् । यस्तै क्लोहासोथार गाउँपालिकाका ४ का ३५ वर्षीय पुरुष, लमजुङ जिल्लामा कार्यरत २२, २३ वर्षका दुई पुरुष र ३५ वर्षका महिला रहेकी छन् । यस्तै बेसीशहर नगरपालिका ७ का २८, ३२ र ५१ वर्षका महिला र २२ वर्षका पुरुष पनि डिस्चार्ज भएका छन् । यस्तै राइनास नगरपालिका ९ का २६ वर्षका पुरुष र २४ दिनका नवजात शिशु डिस्चार्ज भएका छन् ।

योसँगै लमजुङमा निको हुनेमा १४ महिला र १ सय २५ पुरुष गरी १ सय ३९ जना जना पुगेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

लमजुङमा कुल संक्रमितको संख्या ५९ महिलासहित २ सय ८५ जना रहेको छ । संक्रमितमध्ये १ सय २५ जना निको भएका हुन् । हाल ४५ महिला र १ सय १ पुरुष गरी १ सय ४६ जना आइसोलेसनमा रहेका छन् ।

लमजुङमा यसअघि शुक्रबार एक स्वास्थ्यकर्मीसहित थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •