लमजुङमा थप ३ जना कोरोना संक्रमण, संक्रमितको संख्या १ सय २ पुग्यो

322
  •  
  •  
  •  

काठमाडौं । लमजुङमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै लमजुङमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार क्षयरोग उपचारकेन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा लमजुङको क्होलासोथर गाउँपालिकामा २९ वर्षीय पुरुष, बेसीशहर नगरपालिकाका २३ वर्षीय पुरुष र मध्येनेपाल नगरपालिकाका २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

लमजुङमा हालसम्म ४४ जनाको उपचारपछि निको भइसकेको छ ।


  •  
  •  
  •