लमजुङमा ६ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ९९ पुग्यो

334
  •  
  •  
  •  

काठमाडौं । लमजुङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार लमजुङको राइनास नगरपालिकाका ३५, ५२ र ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै बेसीशहर नगरपालिकाका २५ वर्षीय पुरुष, सुन्दरबजार नगरपालिकाका ३६ वर्षीय पुरुष र मध्यनेपाल नगरपालिकाका ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै लमजुङमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । लमजुङमा कोरोना संक्रमितमध्ये ४४ जना उपचारपछि निको भइसकेको छन् ।


  •  
  •  
  •