लमजुङमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

711
  •  
  •  
  •  

काठमाडौं । लमजुङमा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमा मस्र्याङ्दी गाउँपालिकाका वर्ष २४ का दुई जना, वर्ष ३०, ३५, ३६ र ५८ वर्षका पुरुष रहेका छन् ।
यस्तै दोर्दी गाउँपालिकाका २२, २३, ३० र ३२ वर्षका पुरुष रहेका छन् ।

राइनास नगरपालिकाका १८, २१, २४, २७, २८ र ३० वर्षका पुरुष र २०, १९ वर्षका महिला रहेका छन् ।
दुधपोखरी गाउँपालिकाका ३८ वर्षका पुरुष, बेसीशहर नगरपालिकाका ३२, ४३ वर्षका पुरुष रहेको छन् । क्वोलासोथार गाउँपालिकाका ४७ वर्षका एक पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

योसँगै लमजुङमा कोरोना संक्रमितको संख्या ८६ पुगेको छ । लमजुङमा कोरोना संक्रमितमध्ये ४४ जना उपचारपछि निको भइसकेका छन् ।


  •  
  •  
  •