लमजुङमा थप १२ जना कोरोना संक्रमणमुक्त, निको हुनेको संख्या ४३ पुग्यो

685
  •  
  •  
  •  

काठमाडौं । लमजुङमा आइतबार थप १२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार कोरोना संक्रमणमुक्त हुनेमा मध्यनेपाल नगरपालिका ६ का २९ वर्षीय पुरुष, २ का २७ र २५ वर्षका पुरुष रहेका छन् ।

यस्तै सुन्दबजार नगरपालिका ९ का ५५ वर्षीय पुरुष, क्व्होलासोथार गाउँपालिका २ का ३४ वर्षीय पुरुष, दोर्दी गाउँपालिकाका १ र ८ का ३० र २७ वर्षीय पुरुष, बेसीशहर नगरपालिका ११ का ३४ वर्षीय पुरुष, राइनास नगरपालिका ९ का ३२ र ४८ वर्षका पुरुष, मस्र्याङ्दी गाउँपालिका २ का ४१ वर्षीय पुरुष र ८ का ३४ वर्षीया महिला रहेकी छन् ।

योसँगै लमजुङमा उपचारपछि निको हुने कोरोना संक्रमितको संख्या ४३ पुगेको छ । जसमा ३६ पुरुष र ७ महिला रहेका छन् ।

लमजुङमा हालसम्म कोरोना संक्रमितको संख्या ७ महिला र ५७ पुरुष गरी ६४ जना रहेका छन् । सोहीमध्ये ४३ जना उपचारपछि निको भएका हुन् ।

यस्तै आइसोलेसनमा २१ जना पुरुष रहेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।
लमजुङमा आइबार थप दुई जनामा कारोना संक्रमण पुष्टि भएको थियो । यसअघि शनिबार १० जना कोरोना संक्रमित उपचारपछि निको भएका थिए ।


  •  
  •  
  •