लमजुङमा दुई जना कोरोना संक्रमित थपिए

780
  •  
  •  
  •  

काठमाडौं । लमजुङमा थप दुई जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार पोखरा स्वस्थ्य विज्ञान प्रष्ठिानमा गरिएको परीक्षणमा लमजुङको मध्यनेपाल नगरपालिकाका २३ वर्षीय पुरुष र बेसीशहर नगरपालिकाका ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै लमजुङमा कोरोना संक्रमितको संख्या ६४ पुगेको छ । कोरोना संक्रमितमध्ये लमजुङमा ३१ जना उपचारपछि निको भइसकेका छन् ।


  •  
  •  
  •