लमजुङमा थप १० जना कोरोना संक्रमणमुक्त, निको हुनेको संख्या ३१ पुग्यो

545
  •  
  •  
  •  

काठमाडौं । लमजुङमा थप १० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार शनिबार सुन्दरबजार नगरपालिका १ र ७ का ३६, ४८ र ६० वर्षका तीन पुरुष, क्व्हाेलासोथार गाउँपालिकाका २ का ३९ वर्षका पुरुष, दोर्दी गाउँपालिका ४ का २४ वर्षीय पुरुष, मध्येनेपाल नगरपालिका ७ का ५० वर्षीय पुरुष  डिस्चार्ज भएका हुन् ।

कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरुलाई नमुना सामुदायिक अस्पतालको आईसोलेसन वार्डमा राखिएको थियो ।

यस्तै मध्येनेपाल नगरपालिका वडा नं ३, ४ र ७ का ३७, ४५ र ५८ वर्षका पुरुष पनि उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । उनीहरु जिल्ला सामुदायिक अस्पतालको आईसोलेसन वार्डमा रहेका थिए ।

योसहित लमजुङमा ६ महिला र २५ पुरुष गरी हालसम्म ३७ जना उपचारपछि निको भएका छन्। लमजुङमा हालसम्म कुल संक्रमितको संख्या ७ महिला र ५५ पुरुष गरी ६२ जना रहेको छ ।

यस्तै १ महिला र ३० जना पुरुष गरी ३१ जना आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


  •  
  •  
  •