लमजुङमा उपचारपछि निको हुने कोरोना संक्रमितको संख्या २१ पुग्यो

465
  •  
  •  
  •  

काठमाडौं । लमजुङमा थप एक जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।

जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार मध्येनेपाल नगरपालिका ७ का २० वर्षीया महिला उपचारपछि निको भएर आज डिस्चार्ज भएकी हुन् ।

लमजुङमा हालसम्म ७ महिला र ५५ पुरुष गरी ६२ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये २१ जना उपचारपछि निको भएका हुन् । हालसम्म निको हुनेमा १५ पुरुष र ६ महिला रहेका छन् । लमजुङमा १ महिला र ४० पुरुषहरु आइसोलेसनमा रहेका छन् ।


  •  
  •  
  •