लमजुङमा थप ५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६२ पुग्यो

1025
  •  
  •  
  •  

काठमाडौं । लमजुङमा थप पाँच जना कोरोना संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञापन प्रतिष्ठान पोखराका गरिएको परीक्षणमा दुधपोखरी गाउँपालिकाका ४२ वर्षीय पुरुष, सुन्दरबजार नगरपालिकाका २८ र २६ वर्षीय पुरुष, राइनास नगरपालिकाका २५ वर्षीय दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । योसँगै लमजुङमा कोरोना संक्रमितको संख्या ६२ पुगेको छ । जसमध्ये ७ जना महिला र ५५ जना पुरुष रहेका छन् ।

लमजुङमा हालसम्म ५ जना महिला र १५ जना पुरुष गरी २० जना उपचारपछि निको भएका छन् । आइसोलेसनमा २ महिला र ४० पुरुष गरी ४२ जना रहेका छन् ।

हेर्नुहोस्


  •  
  •  
  •