लमजुङमा थप १० जना कोरोना संक्रमित उपचारपछि निको, निको हुनेको संख्या २० पुग्यो

348
  •  
  •  
  •  

काठमाडौं । लमजुङमा थप १० जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार योसँगै उपचारपछि निको हुनेको संख्या २० पुगेको छ ।

मंगलबार डिस्चार्ज हुनेमा दुधपोखरी गाउँपालिकाका ४० र ४२ वर्षका दुई पुरुष, बेसीशहर नगरपालिका ४, ६ र ७ का २६, ४२ र २७ वर्षका पुरुष, सुन्दरबजार नगरपालिकाका ३५ वर्षीय महिला, क्योलासोथार गाउँपालिकाका १७ वर्षीय पुरुष रहेका छन् ।

यस्तै पसौनी ४ पर्साका २५ वर्षीय महिला र तनहुँका ब्यास ९ का ३० वर्षीय पुरुष र बाराका २७ वर्षीय पुरुष पनि उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । लमजुङमा निको हुनेमा ५ महिला र १५ पुरुष रहेका छन् ।

लमजुङमा हालसम्म ७ महिला र ५० पुरुष गरी ५७ जनामा कोरोना संक्रमण देखिएको छ भने २ महिला र ३५ पुरुष गरी ३७ जना आइसोलेसनमा रहेका छन् ।
सोमबारमात्र लमजुङमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि लमजुङमा शनिबारबाट लकडाउन थप कडा बनाइएको छ ।

 


  •  
  •  
  •