लमजुङमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४६ पुग्यो

594
  •  
  •  
  •  

काठमाडौं । लमजुङमा आइतबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राइनास नगरपालिका ९ का ४८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएकाे  छ । उनको गण्डकी प्रदेश प्रयोगशालामा परीक्षण भएको थियो ।

कोरोना संक्रमितको  स्वास्थ्य अवस्था सामान्य रहेको समेत प्रशासनले जनाएको छ ।

योसँगै लमजुङमा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ । संक्रमितमध्ये ३९ जना पुरुष र ७ जना महिला रहेका छन् ।
लमजुङमा हालसम्म ३ महिला र ७ पुरुष गरी १० जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । हाल आइसोलेसनमा ४ महिला र ३२ पुरुष गरी ३६ जना रहेका छन् ।

हेर्नुहोस्


  •  
  •  
  •