लमजुङको घलेगाउँमा हिमपात(फोटो फिचर)

124
  •  
  •  
  •  

लमजुङ, २६ माघ(ओएनएस) : सार्क राष्ट्रको नमुना गाउँको रूपमा परिचित लमजुङको घलेगाउँमा पहिलो पटक हिमपात भएको छ ।

विगत १०/११ वर्षपछि पहिलो पटक हिमपात भएको स्थानीय उमल बहादुर विकले बताए । बिहान साढे चारबजेपछि शुरु भएको हिमपात ११ बजेतिर रोकिएको वि.कको भनाइ छ ।

हिमपातका कारण चिसो बढेपछि जनजीवन कष्टकर भएको छ । हिमपातले भिरपाखा, डाँडाकाँडा, घरबस्ती सबै क्षेत्र सेताम्मे देखिएका छन् ।  यो गाउँ समुन्द्री सतहदेखि २ हजार एक सय मिटर उचाइमा रहेको छ ।

हेर्नुहोस् तस्बिर


  •  
  •  
  •