लमजुङमा थप १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५ पुग्यो

477
  •  
  •  
  •  

काठमाडौं । लमजुङमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार नयाँ संक्रमितमा बेसीशहर नगरपालिकाका २४, २७ र ३४ वर्षका तीन जना पुरुष रहेका छन् ।

यस्तै दोर्दी गाउँपाकिलाका २६ र २४ वर्षका दुई पुरुष, मध्यनेपाल नगरपािलकाका २६, ४१, २७ र ५० वर्षका पुरुष, दुधपोखरी गाउँपालिकाका ५० वर्षका पुरुष, सुन्दरबजार नगरपालिकाका ३६, ४८, ६० वर्षका पुरुष र ३५ वर्षकी महिला रहेकी छन् ।

यस्तै मस्र्याङ्दी गाउँपालिकाका ३९ वर्षीय पुरुष र राईनगस नगरपालिकका ४५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै लमजुङमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ ।

यसअघि बुधबार पनि लमजुङमा १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये लमजुङमा ६ जना उपचारपछि निको भइसकेका छन् ।

 


  •  
  •  
  •