लमजुङमा थप ३ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या ५ पुग्यो

171
  •  
  •  
  •  

काठमाडौं । लमजुङमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमित हुनेमा मर्स्याङ्दि गाउँपालिका, बेसीशहर नगरपालिका र मध्यनेपाल नगरपालिकाका क्रमशः ३८, १९ र २० वर्षका महिलाहरु रहेका छन् ।

पोखरा स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै लमजुङमा कोरोना संक्रमितको संख्या १९ पुगेको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै थप दुई जना कोरोना संक्रमित उपचारपछि निको भएको जनाएको छ ।

बेसीशहर नगरपालिका १० का ३३ वर्षीय महिला र मध्येनेपाल नगरपालिका ९ का २२ वर्षीय पुरुष उपचारपछि निको भएका हुन् । यसअघि ३ जना कोरोना संक्रमित उपचारपछि निको भएका थिए । यो सँगै लमजुङमा निको हुने कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।

यस्तै लमजुङमा हालसम्म कुल संक्रमितमध्ये ५ जना महिला र १४ जना पुरुष गरि १९ जना कोरोना संक्रमित रहेका छन् ।

३ जना महिला र ११ जना पुरुष आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालयल लमजुङले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पनि  प्रशासनले जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ति


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here