लमजुङमा तीन जना कोरोना संक्रमित उपचारपछि निको

400
  •  
  •  
  •  

काठमाडौं । लमजुङमा कोरोना भाइरस संक्रमितमध्ये ३ जना उपचारपछि निको भएका छन् । निको हुनेमा मध्यनेपाल नगरपालिका वडा नं. ४, ६ का २०, ४२ वर्षीय पुरुष र बेसीशहर नगरपालिका वडा नं.३ का २१ वर्षीया महिला रहेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

उनीहरुमा कोरोना संक्रमणबाट मुक्त भएर शुक्रबार डिस्चार्ज भएका हुन् । उनीहरु गत असार ८ गते जिल्ला सामुदायिक अस्पताल बेसीशहरमा रहेको आइसुलेसन कक्षमा भर्ना भएका थिए ।

यसैबीच शुक्रबार लमजुङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा लमजुङका ६ जनामा कोरानो संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमा लमजुङको मध्येनेपाल नगरपालिकाका ५८ वर्षका दुई जना, २९ वर्षका एक जना, ३१ वर्षका एक जना र ४५ वर्षका एक पुरुष रहेका छन् । यस्तै लमजुङकै बेसीशहर नगरपालिकाका एक ५९ वर्षीय पुरुषमा रहेका छन् ।

संक्रमित ६ जना सबै भारतबाट लमजुङ आइ बेसीशहरको शहरी विकास भवन सहजीमा रहेको क्वारेन्टिनमा बस्दै आएका थिए ।
सामुदायिक अस्पतालमा रहेको आइसुलेसन कक्षमा १३ जना संक्रमितको उपचार भइरहेका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

यसअघि लमजुङ स्थायी ठेगाना भएको २ जना सुर्खेत प्रयोगशालामा संक्रमित पुष्टि भएको थियो । लमजुङको सुन्दरबजार स्थायी ठेगाना भई काठमाडौं वनस्थली बासोबास गर्दे आएका एक बालकमा पनि संक्रमण पुष्टि भएको थियो । योसँगै लमजुङमा संक्रमितको संख्या १९ जना पुगेको छ ।


  •  
  •  
  •