लमजुङमा थप पाँच जनामा कोरोना भाइरस संक्रमण

330
  •  
  •  
  •  

काठमाडौं । लमजुङमा थप पाँच जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार मध्य नेपाल नगरपालिका २१, २२, २४ र ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बेसीशहर नगरपालिकाका ३३ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुलाई जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशानालयले जनाएको छ । योसँगै लमजुङमा कोरोना भाइरस संक्रमितको संख्या १० पुगेको छ ।

यसअघि सोमबार लमजुङको क्होलासोथार गाउँपालिकाका १७ वर्षीयका पुरुष, मध्येनेपाल नगरपालिकाका २ जना ४२ र २० वर्षका पुरुष, दुधपोखरी गाउँपालिका १ का ४१ वर्षीय पुरुष र बेसिशहर नगरपालिकाका एक जना २१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरुलाई जिल्ला सामुदायिक अस्पतालको आईसोलेसन कक्षमा भर्ना गरिएको छ । उनीहरुको अवस्था सामान्य रहेको पनि अस्पतालले जनाएको छ ।


  •  
  •  
  •