काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका विद्यार्थी सङ्गठन अनेरास्ववियुले बुधबार दिउँसै लालटिन जुलुस निकालेर विरोध प्रदर्शन गरेको छ ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले लालटिन जुलुस गरि सरकारले प्रतिनिधि सभा विघटन गरेको कदमप्रति विरोध जनाएको हो । अनेरास्ववियुले माइतीघर मण्डलाबाट विद्यार्थीहरूले बानेश्वरसम्म दिउँसै लालटिन बालेर जुलुस प्रदर्शन गरेको हो ।

प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियुका सह–संयोजक रञ्जित तामाङले प्रतिनिधि सभा विघटन संविधानको कुनै पनि धारा नभएको बताए । विद्यार्थीरूले ‘दिउँसै लालटिन बाल्दा पनि भेटिएन है, संविधानमा संसद् विघटनको धारा खै’ भन्ने ब्यानर लिएर प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले ‘संसद् विघटनको धारा खै, दिउँसै लाल्टिन बाल्यौँ हैँ’, ‘हामी अरू जान्दैनौँ, संसद् विघटन मान्दैनौँ’ लगायतका नारा लगाएका थिए ।
हेर्नुहोस् भिडियो