ललितपुर महानगरपालिकाको बजेट ५ अर्ब १७ करोड ९६ लाख

425
  •  
  •  
  •  

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट प्रस्तुत गरेको छ ।

मंगलबार ललितपुरमा आयोजित चौथो नगरसभामा मेयर चिरिबाबु महर्जनले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि बजेट पेस गरेका हुन् ।

नगरसभामा पेस गरिएको बजेटमा सबैभन्दा बढी पूर्वाधार विकासमा खर्च गर्ने उल्लेखछ ।  पूर्वाधार विकासका लागि २ अर्ब ७ करोड ३६ लाख ३ हजार बजेट विनियोजन गरिएको हो ।

मेयर महर्जनले पूर्वाधार विकासका लागि छुट्याइएको यो बजेट कूल बजेटको ३८ दशमलव ७५ प्रतिशत रहेको बताए ।त्यसैगरी आगामी आर्थिक वर्षको चालू खर्चका लागि १ अर्ब १२ करोड ५९ लाख ५५ हजार बजेट विनियोजन गरिएको छ ।
सामाजिक सुरक्षाका लागि ४६ करोड, आर्थिक विकासका लागि ७५ करोड ३४ लाख ५ हजार, सामाजिक विकासका लागि १६ करोड ८४ लाख ४५ हजार, वातावरण तथा विपद् व्यवस्थापनमा १६ करोड ५५ लाख, संस्थागत विकास र सुशासनका लागि २ करोड २५ लाख बजेट पनि विनियोजन गरिएको छ ।

महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पेस गरेको बजेट, नीति तथा कार्यक्रममा ‘एक घर, एक उद्यम’को अवधारणालाई उच्च प्राथमिकता दिइएको छ । मेयर महर्जनले ललितपुर नगरलाई समुन्नत सांस्कृतिक शहर बनाउने मुख्य उद्देश्यका साथ बजेट, नीति तथा कार्यक्रम तय गरिएको छ ।


  •  
  •  
  •