ललितपुर जिससमा कांग्रेस–माओबादी गठबन्धन विजयी

275
  •  
  •  
  •  

amar-khadka

ललितपुर, २० साउन (ओएनएस) : ललितपुर जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार अम्बरबहादुर खड्का निर्विरोध निर्बाचित भएका छन् ।

गएकाे आइतबार खड्काबाहेक अन्यले मनोनयन दर्ता नगराएपछि उनी निर्विधराे भएका हुन् । समितिको आज भएको निर्वाचनमा उपप्रमुखमा नेकपा (माओवादी केन्द्रका उम्मेदवार दिनेश महर्जन विजयी भएका छन् ।

त्यसैगरी सदस्यहरुमा काँग्रेसका उमा बर्जाचार्य (श्रेष्ठ), बेली डंगोल, ज्ञानकुमार नगरकोटी, जयराम तिमल्सिना र लेखाराम महर्जन, तथा माओवादी केन्द्रका तर्फबाट निशा गुरुङ र सुमित्रा लाम नेपाली विजयी बन्नुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण दवाडीले जानकारी दिए ।

समितिको निर्वाचनमा नेपाली काँग्रस र माओवादी केन्द्रको गठबन्धन विजयी भएको हो ।


  •  
  •  
  •