ललितपुरमा ‘पैदल यात्रुलाई फुटपाथमा हिँड्न दिउँ’ अभियान

88
  •  
  •  
  •  

काठमाडौं । ललितपुर महानगरपालिकामा ‘पैदल यात्रुलाई फुटपाथमा हिँड्न दिउँ’अभियान शुरू गरिएको छ । महानगरले आइतबारदेखि ललितपुरको कुपन्डोलदेखि कुमारीपाटीसम्म यो अभियान शुरू गरेको हो।

महानगरपालिकाका अनुसार फुटपाथमा पैदल यात्रुहरूलाई हिँड्न समस्या भएपछि अभियान शुरू गरिएको हो ।

सडकमा पसलहरूले आआफ्नो सामान राख्ने गरेपछि पैदल यात्रुहरु मुख्य सडक भएर हिँड्नुपर्ने अवस्था आएपछि कुपन्डोलदेखि कुमारीपाटीसम्म फुटपाथ निषेधित क्षेत्र घोषणा गरिएको महानगरपालिकाले जनाएको छ ।

कुपन्डोलदेखि कुमारीपाटीसम्म सडक पेटीमा अबदेखि के के राख्न नपाइने

१, वर्क सप राख्न नपाइने

२, सेकेन्डह्याण्ड बाइकहरू पार्किङ गर्न नपाइने

३, निमार्ण सामाग्री राख्न नपाइने

४, पसलहरूले सामान बाहिर राख्न नपाउने

५, होटल, पसल वा अन्य कार्यालयले आफ्ना बोर्डहरू पेटीमा राख्न नपाइने

६, फोहर गर्न नपाइने


  •  
  •  
  •