ललितपुरमा भीमसेन जात्रा(फोटो फिचर)

178
  •  
  •  
  •  

काठमाडौं । ललितपुरको मंगलबजार परिसरमा शनिबार भीमसेन जात्रा मनाईँदै छ ।

भीमसेनलाई विशेष गरी व्यापार व्यवसायमा लागेका मानिसले आराध्यदेवका रूपमा पूज्ने गरेका छन् । भीमसेनलाई सुगन्धमय धूप साह्रै मन पर्ने भएकाले धूप बालेर विशेष पूजा गरिन्छ ।

भीमसेन मन्दिरमा पूजा गर्न शनिबार बिहानैदेखि स्थानीयको भिड लागेको छ ।  प्रत्येक वर्ष भाद्र कष्ण नवमीको दिन भीमसेन जात्रा मनाइने प्रचलन रहि आएको छ ।

सो जात्रामा उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुर तीनै शहरका व्यापारीहरू पूजाका लागि पाटन दरबार क्षेत्र परिसरमा आउने गर्दछन् ।


  •  
  •  
  •