ललितपुरमा दुईवटा ब्रुमर संचालनमा

177
  •  
  •  
  •  

ललितपुर । ललितपुर महानगरपालिकाले दुईवटा ब्रुमर संचालनमा ल्याएको छ ।  महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले शुक्रबार एक कार्यक्रमकाबीच बु्रमर संचालनमा ल्याइएको जानकारी दिए ।

प्रमुख महर्जनले महानगरपालिकालाई स्वच्छ र सफा बनाउन हरियाली प्रवद्र्धनको कामलाई पनि जोड दिइएको बताए ।
ठूला बु्रमर संचालन नहुने स्थानहरुमा साना बु्रमरको प्रयोग गरी सफाई अभियानलाई तीव्रता दिने पनि ललितपुर महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकालाई धुलोरहित बनाउने अभियान अन्र्तगत साउन १० गते दुई वटा ब्रुमर ल्याएको हो ।
इटालीमा निर्माण गरिएको दुई वटा ब्रुमरको मूल्य ४ करोड ४८ लाख ११ हजार २ सय ८० रुपैयाँ रहेको महानगरपालिकाले जनाएको छ ।


  •  
  •  
  •