ललितपुर महानगरको प्रमुखमा चिरीबाबु महर्जन विजयी

337
  •  
  •  
  •  

काठमाडौं । ललितपुर महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका चिरीबाबु महर्जन विजयी भएका छन्। महर्जन फेरि विजयी भएका हुन् ।

दोस्रो कार्यकालका लागि निर्वाचित महर्जनले ४२ हजार ९ सय ४८ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले २३ हजार ९ सय ९३ मत मात्रै पाएका छन् ।

उपप्रमुखमा भने सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई फराकिलो मतान्तरले पराजित गर्दै एमाले उम्मेदवार मञ्जली शाक्य बज्राचार्य विजयी भएकी छिन्।

मञ्जलीले २४ हजार ५ सय ६१ मत प्राप्त गर्दा बाबुराजले १७ हजार ५ सय ३६ मत ल्याए।


  •  
  •  
  •