पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा चलाउन माग राख्दै सर्वोच्च रीट

114
  •  
  •  
  •  

काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई समेत मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रीट दायर भएको छ ।

बुधबार वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियारले छुट दिएका दुवै पूर्वप्रधानमन्त्रीलाई मुद्दा चलाउने आदेश दिन माग गर्दै सर्वोच्चमा रीट हालेका हुन् ।

माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि तत्कालीन प्रधानमन्त्रीका हैसियतमा नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो ।

सरकारी जग्गा हिनामिना गर्न तीन पूर्वमन्त्री र तीन पूर्व सचिवको संलग्नता रहेको भन्दै आयोगले मुद्दा दायर गरे पनि त्यही मन्त्रिपरिषद्का प्रधानमन्त्रीहरुलाई भने छुट दिएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला न्यौपानेले रीट दायर गरका हुन् ।

सर्वोच्चले उक्त रिटको पेशी शुक्रबारलाई तोकेको छ । ललिता विनासको ११३ रोपनी सरकारी जग्गा मिलोमतामो व्यक्तिको नाममा पु¥याइएपछि सरकारले पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने पूर्व भौतिकमन्त्री एवं उपसभापति विजयकुमार गच्छदारविरुद्ध मुद्दा परेको भन्दै विरोध जनाउँदै आएको छ ।


  •  
  •  
  •