ललिता निवास जग्गा प्रकरणः सर्वोच्चले अख्तियारसँग माग्यो लिखित जवाफ

81
  •  
  •  
  •  

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग लिखित जवाफ मागेको छ ।

तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि मुद्दा चलाउनुपर्ने माग गर्दै बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रीट दायर गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले १५ दिनभित्र कारणसहित लिखित जवाफ पेश गर्न अख्तियारलाई भनेको छ ।

सर्वोच्चले मुद्दाको गाम्भीर्यता हेर्दा छिटो निर्णय गर्नु पर्ने भएकाले रीटलाई अग्राधिकार दिन पनि भनेको छ ।

गएको माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि तत्कालीन प्रधानमन्त्रीका हैसियतमा नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो ।

सरकारी जग्गा हिनामिना गर्न तीन पूर्वमन्त्री र तीन पूर्व सचिवको संलग्नता रहेको भन्दै आयोगले मुद्दा दायर गरे पनि त्यही मन्त्रिपरिषद्का प्रधानमन्त्रीहरुलाई भने छुट दिएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला न्यौपानेले रीट दायर गरका गरेका थिए । सर्वोच्चले उक्त रीटको पेशी शुक्रबारका लागि तोकिएको थियो ।

पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा चलाउन माग राख्दै सर्वोच्च रीट


  •  
  •  
  •