एन्फाका कार्यवाहक अध्यक्ष श्रेष्ठको निधन

95
  •  
  •  
  •  

काठमाडौं, ३० जेठ (ओएनएस) : शुक्रबार मात्रै उनी नयाँ घरमा सरेका थिए । नयाँ घरको बसाई सरेपछि धेरै नयाँ सपना पनि थिए । तर, विजुलीको एकै झड्कामा ती सबै सपना चकनाचुर भए । अखिल नेपाल फुटबल संघ एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको शुक्रबार राति करेन्ट लागेर निधन भएको छ। ललितपुर भैँसेपाटीस्थित नयाँ घरमा बसाई सरेपछि विजुलीको तार मिलाउने क्रममा करेन्ट लागेपछि उनी घाइते भएका थिए।

घाइते श्रेष्ठलाई उपचारका लागि जाउलाखेलको अल्का अस्प्ताल पुर्या‍‍इएको थियो । अस्पताल पुगेलगत्तै अस्पतालले उनलाई मृत घोषणा गरेको थियो। बिहान उनको शव अल्काबाट पाटन अस्पताल लगिएको छ ।

सार्वजनिक लेखा समितिले एन्फाका अध्यक्ष गणेश थापालाई निलम्बिन गरी अनियमितता छानबिन गर्न भनेपछि थापाको सट्टा श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

नेपाली चर्चित क्लब थ्रीस्टारका अध्‍यक्ष समेत रहेका श्रेष्ठले ललितपुरमा ए डिभिजनको तीन क्लबमध्‍ये थ्री स्टारलाई कुशल व्‍यवस्थापकीय जिम्‍मेवारी बहन गर्दै सबैमाझ चम्‍काएका थिए। श्रेष्ठको श्रीमती निलु श्रेष्ठ, एक छोरी र छोरा छन्।


  •  
  •  
  •