ललितपुर प्रहरीद्वारा चाडपर्व सुरक्षा योजना सार्वजनिक

347
  •  
  •  
  •  

काठमाडौं, २९ भदौ (ओएनएस) : महानगरीय प्रहरी परिसर ललितपुरले चाडपर्वलाई ध्यानमा राखेर सुरक्षा योजना तयार गरेको जनाएको छ ।

दशै, तिहार, छठ तथा ईद पर्वका लागि ललितपुर जिल्लाको सुरक्षा योजना कार्यान्वयनका लागि मातहतका सबै प्रहरी ईकाईमा पठाईएको ललितपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पवन गिरीले जानकारी दिए ।

असोज एक गतेदेखि लागु हुने गरि ललितपुर प्रहरीले घटना हुने वित्तिकै तत्कालै र २४ सैं घण्टा सेवा उपलब्ध गराउने गरि व्यवस्था गर्न ईकाई मातहतलाई भनेको छ । सुरक्षा कायम गर्नका लागि सादा पोशाकमा प्रहरी तथा सुराकी परिचालन गरिने, चक्रपथ तथा सहायक मार्ग एवं भित्री सडकहरुमा समेत यातायातका साधन निर्वाध रुपमा सञ्चालन गर्न र ट्राफिक व्यवस्थापन गर्न गस्ती पेट्रोलिङ्ग, आकस्मिक चेकजाँच गरिने गिरीले जानकारी दिए ।

ललितपुर प्रहरीले आवश्यक परेको खण्डमा थप टोली पठाउन श्रोत साधन सहितको एउटा रिजर्व टोली महानगरीय प्रहरी परिसरमा राख्ने बताएको छ । चाडपर्वका लागि ललितपुरमा झण्डै ११ सय जना प्रहरी २४ सै घण्टा परिचालन गरिने प्रवक्ता गिरीको भनाई छ ।


  •  
  •  
  •