लालीगुराँस बहुउद्देश्यीय सहकारी उत्कृष्ट सहकारी घोषित

1071
  •  
  •  
  •  

ललितपुर, २४ चैत(ओएनएस) : ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड यो वर्षको उत्कृष्ट सहकारी व्यावसाय पुरस्कार–२०७५ घोषित भएको छ ।

६२ औं सहकारी दिवसको अवसरमा काठमाडौंमा आयोजित विषेश कार्यक्रममा प्रदेश नम्बर ३ मा रहेको सहकारीमध्ये लालिगुराँसलाई उत्कृष्ट घोषणा गरिएको हो ।

राष्ट्रिय सहकारी महांसघद्वारा गठित उत्कृष्ट सहकारी छनौट उपसमितिले श्रीलालीगुराँस सहकारी संस्थालाई प्रदेश ३ को उत्कृष्ठ सहकारी घोषणा गरेको हो । उक्त पुरस्कार अन्तर्राष्ट्रिय सहकारी दिवसको दिन जुलाई पहिलो शनिबार प्रदान गरीनेछ ।

२०५६ साल भाद्र १८ गते डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भइ २०५६ असोज १५ गतेबाट कारोबार सुरु गरेको सो संस्थालाई ६२ औ सहकारी दिवसको अवसरमा उत्कृष्ट घोषणा गरिएको हो ।

संस्थाले चालू आवमा सरकारलाई ४ करोड ७१ लाख ९७ हजार १ सय ९९ राजश्व बुझाएको थियो । नेपाल सरकारलाई राजश्वमा गरेको योगदानमा समग्र सहकारी संस्थाहरु मध्ये अग्रणी स्थानमा रहेको छ ।

संस्थाले ललितपुरको चापागाँउ, काठमाडौंको चाबहिल, भक्तपुरको कौशलटार र चितवनको गरी ४ जिल्लामा सदस्य सुबिधा काउण्टर संचालन गरेको छ ।

१७ हजार ८ सय ७० जना शेयरसदस्य रहेको संस्थाले चितवन जिल्लाको खैरहनी नगरपालिकामा नेपालकै सर्वाधिक ठुलो डेरी फार्म संचालनमा ल्याएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले बहुउद्देश्यीय लगानी तर्फ लालीगुराँस हस्पिटल प्रालि, श्री लालीगुराँस एजुकेशन फाउण्डेशन प्रालि, जय लालीगुराँस ईन्भेष्टमेन्ट एण्ड ट्रेडिङ कम्पनी प्रालि, भैरबकुण्ड हाईड्रोपावर लि लगायत अन्य विभिन्न कम्पनी तथा संघ संस्थाहरुमा शेयर लगानी गरेको छ ।


  •  
  •  
  •