मानसिकअवस्था विग्रेका कर्मचारीलाई मात्रै स्वैच्छिक अवकाश: मन्त्री पण्डित

322
  •  
  •  
  •  

काठमाडौं, ६ चैत: सबै राष्ट्रसेवकलाई प्रदेश र स्थानीय तहमा खटाइएको छैन। खटाइएका सबै कार्यक्षेत्र पुगेका छैनन्। अटेरी र अवज्ञा गर्नेलाई अब तुरुन्त आफ्नो रमाना लिएर कार्यक्षेत्रमा पुग्न प्रशासनिक रूपमा र सरकारको तर्फबाट पनि निर्देशन भइसकेको छ। पठाइएकाहरू कसैको पनि सरुवा बदर हुनेछैन।

अन्यत्र हाजिर गरेर बसेको अवस्थामा उहाँहरूलाई हाजिर गराउने कार्यालय प्रमुखलाई हाजिर नगराउन तथा खटाइएको ठाउँमा पठाउन निर्देशन दिइएको छ। अझै नमाने हाजिर गराउने र तोकिएको ठाउँमा नजानेलाई दण्डित गर्छु।

शारीरिक र मानसिक रूपमा अशक्त भएको भनेर डाक्टरले प्रमाणित गरेका राष्ट्रसेवकलाई थप केही सुविधा दिएर बिदा गर्न सक्छु, तर अरूलाई काममै लगाउँछु। काममा नजाने नै हो भने नियमित प्रक्रियाअनुसार अवकाश वा राजीनामा दिन सक्नुहुन्छ। तर, काम गर्नुपर्ने वेलामा एकमुष्ट रकम दिएर बिदा गर्ने पक्षमा सरकार छैन। नयाँपत्रिकामा खबर छ।


  •  
  •  
  •