…त्यस्ता कर्मचारीलाई एयरपोर्टमै हतकडी लगाइन्छ: मन्त्री पण्डित

272
  •  
  •  
  •  

काठमाडौं १४ साउन ।
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीहरूको राम्रो र आकर्षक मन्त्रालय छान्ने प्रवृति गलत भएको भन्दै जहाँ खटाए पनि जानुपर्ने बताएका छन् । सामान्य प्रशासन मन्त्रालय, प्रच्चस्तरिय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समिति र प्रशासकीय अदालतले आयोजना गरेको कार्यक्रममा मन्त्री पण्डितले भने,‘जागिर खादा राज्यले खटाएको जहा पनि जान्छु भनेर खाने । पछि आफूले छान्ने प्रवृत्ति गलत हो । राज्यले जहाँ पठाए पनि कर्मचारीले काम गर्नु पर्छ । त्यसो नगर्नेलाई कारवाही हुन्छ ।’

उनले ऐन, नियममा भएको व्यवस्था अनुसार व्यवहारमा काम नभएको भन्दै त्यसलाई व्यवहारमा उतार्न कार्यक्रममा उपस्थित विभिन्न मन्त्रालयका कानुन अधिकृत, सह-सचिव र विभिन्न विभागका महानिर्देशकहरूलाई निर्देशन दिए । उनले भने, ‘कार्मचारीले देशको हितमा काम गर्ने हो । त्यो बाहिर गएर काम गर्ने हो भने ठिक हुदैन ।’

उनले व्यवहारमा ठिक काम नहुदाको उदाहरण दिदै भने, ‘कुनै एक विभागको जग्गा मिलाई दिएको भएमात्र मलाई व्यक्तिगत रूपमा १० करोड रूपैयाँ आउँथ्यो । मैले त्यसलाई नकारिदिए । यस्ता खराब मान्छेहरू पनि छन् ।’ उनले थपे, ‘मलाई डर लाग्छ, कुनै दिन सिंहदरबार पनि व्यक्तिको नाममा हुन्छ भनेर ।’

उनले विदेशमा पीआर र डीभी हुने कार्मचारीले जागिर छाड्ने क्रम जारी रहेको उल्लेख गरे । ‘परिवारका सदस्यहरूले पीआर र डीभी पाएका छन् भने उनीहरूको घरका सदस्यले पाउने सुविधा कटौती गर्न भनिसकेको छ,’ उनले भने, ‘मुसा जति दुलामा पसे पनि वर्षामा बाहिर आउनै पर्ने नत्र बाढीले लान्छ ।’ उनले राष्ट्रघाती त्यस्ता कर्मचारीलाई एयरपोर्टमा पुगेर हत्कडी लगाएर फर्काउने बताए ।

उनले निजामति ऐनको पाचौ पटक कर्मचारीको आवश्कता र राष्ट्र हितको निम्ति छिटौ सम्सोधन गरिने बताए । उनले प्रशासनबाहेक सरकारबाट खर्च हुने कुनै पनि सरकारी क्षेत्रमा काम गर्ने कर्मचारी पीआर वा डिभी धारी भए कारवाही गरिने उनले बताए ।

कार्यक्रममा उच्चस्तरिय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिका एवम् प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले कर्मचारीहरूको गुनासो सुन्दै जवाफ दिएका थिए । उनले सेवा प्रवाह, न्यायसम्पादन र प्रशासन सुधारको विषयमा कार्यपत्र प्रस्तुत गरे । प्रशासन सुधार र प्रशासकीय पदाधिकारीले न्यायसम्पादन गर्दा ध्यान दिनु पर्ने विषयमा उनले प्रष्ट पारेका थिए । उनले कर्मचारीहरूलाई २५ बुदेँ प्रतिबद्धता पत्र समेत दिएका थिए ।

कान्तिपुरबाट


  •  
  •  
  •