ट्रकको ठक्करबाट सामान्य प्रशासन मन्त्री घाइते

199
  •  
  •  
  •  

इटहरी, ६ मंसिर (ओएनएस) : सामान्‍य प्रशासन मन्त्री लालबाबु पण्डित चढेको गाडीलाई ट्रकले ठक्‍कर दिएको छ। ट्रकको ठक्‍करबाट मन्त्री लालबाबुर पण्डित र उनका स्वकीय सचिव वासिम आलम घाइते भएका छन्। इटहरीको लाइन विराटनगर बा १ ज ९८९० नम्‍बरको मन्त्रीको गाडीलाई को १ ख २३१७ नम्‍बरको ट्रकले ठक्‍कर दिएको हो।

को १ च ७० ६४ कारले ओभरटेक गर्ने क्रममा मन्त्रीको गाडीलाई ठक्‍कर दिदा मन्त्री पण्डित घाइते भएको सुनसरी प्रहरीस्ले बताएको छ। ठक्‍कर दिने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । मन्त्रीको स्थानिय स्वास्थ्य कल्निकमा उपचार भएको छ।


  •  
  •  
  •