सरकारसँग भएको ११ बुँदे सहमति राउतले पालना गर्नुपर्छ : मन्त्री पण्डित

329
  •  
  •  
  •  

जनकपुर, ३० फागुन(ओएनएस) : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई सांसद बनाउने कुनै सम्झौता नभएको बताएका छन् ।

बिहीबार प्रेस चौतारीले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पण्डितले राष्ट्रिय एकताका लागि संविधानमा उल्लेख भए अनुसार राजनीतिक प्रतिस्पर्धाबाट जनमतको निर्णयलाई लिएर अघि बढ्ने सहमति भएको बताए ।

पत्रकार सम्मेलनमा मन्त्री पण्डितले भने, ‘जनमतमा जाने सहमति भएपनि जनमत संग्रह होइन, जनमत भनेको चुनाव हो । देश टुक्राउन निर्वाचन हुँदैन ।’

उनले सरकारसँग भएको ११ बुँदे सहमति राउतले पालना गर्नुपर्नेमा जोड दिए । सम्झौता अनुरुप हिँड्नु बाहेक अन्य कुनै विकल्प नरहेको मन्त्री पण्डितले बताए ।

पूर्वी तराईमा पूर्वराजा ज्ञानेन्द्र शाहको चहलपहल बढेको प्रसंगमा उनले राजतन्त्र नेपालमा अस्तु भइसकेर गणतन्त्र आइसकेकाले धर्मकर्म गर्ने सबैलाई छुट रहेको बताए ।

उनले संघमा रहेका ६० हजार बढी कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा पठाउने काम भइसकेको र अब १५ दिनभित्र स्वास्थ्य क्षेत्रमा कर्मचारी समायोजना गरिने बताए ।


  •  
  •  
  •