ललिता निवास प्रकरणमा दोषी ठहर भए सजायँ भोग्न तयार छु : महासचिव पौडेल

572
  •  
  •  
  •  

काठमाडौं, २३ वैशाख(ओएनएस) : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले ललिता निवास परिसरको जग्गा प्रकरणमा आफू दोषी ठहरिए जुनसुकै सजाय भोग्न तयार रहेको बताएका छन् ।

 

सोमबार संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा महासचिव पौडेलले ललिता निवास प्रकरणमा आफ्नो पनि नाम आएकोले स्वतन्त्र रुपमा छानबिन गरेर दोषी प्रमाणित भए कारबाही भोग्न तयार भएको बताए ।

बैठकमा उनले भने, ‘ललिता निवास परिसरको जग्गा प्रकरणमा गम्भीरतापूर्वक छानबिन होस्, सत्यतथ्य सार्वजनिक होस् दोषीलाई कडा कानूनी कारबाही होस् भन्ने माग गर्दछु’ म आफू दोषी ठहर भए जुनसुकै सजायँ भोग्न तयार छु ।’

उनले सरकार जनताप्रति उत्तरदायी भएको महसुस गरेको बताए । उनले भने, ‘यस वर्षको नीति तथा कार्यक्रमले एक थान नीति कार्यक्रम प्रस्तुत गरेरमात्र जिम्मेवार पूरा हुँदैन । यसको कार्यान्वयनका विषयमा जोड दिएकोले संसदप्रति जवाफदेहिता रहेको महसुस गरेको छ ।’ उनले गत वर्ष समृद्ध नेपाल सुखी नेपालीका आधारहरु तयार भएको दाबी गरे ।


  •  
  •  
  •