जनयुद्धमा ज्यान गुमाएका १२ हजारको जिम्मा कसले लिन्छ ?:भट्ट

698
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहका नेता लेखराज भट्टले पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री अहिल्यै चाहियो भनेर केटाकेटीपन देखाएको आरोप लगाएका छन् । बबरमहलस्थित कार्की ब्यांकेटमा आयोजित राजधानीमा उपलब्ध सदूरपश्चिमका नेता तथा कार्यकर्ताहरूको प्रादेशिक भेलालाई सम्बोधन गर्दै भट्टले केटाकेटीले जिद्धी गरे जसरी प्रधानमन्त्री चाहियो भनेर माइतीघर मण्डलामा लडिबुडी गरेको बताए । उनले अघि भने, ‘राति सुत्दा पनि प्रधानमन्त्री नै देख्छन् ।’
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आम चुनावपछि प्रधानमन्त्री र महाधिवेशनपछि अध्यक्ष पद छाड्छु भन्दा पनि प्रचण्ड र माधवकुमार नेपाललगायतले धैर्य गर्न नसकेको बताए । नेताहरुमा बिचलन आएको पनि उनले बताए ।
भट्टले समृद्ध नेपाल, सुखी नेपाली नारा मात्र नभएर दर्शन भएको बताए । केही दिनअघि आन्दोलनका कार्यक्रमसहित माइतीघरस्थित सडकमा प्रचण्ड र माधवकुमारलगायतका नेताहरू पुगेर ‘हामी यहाँ छौ’ लेखिएका पर्चा बोकेर पुगेको विषयलाई व्यंग्य गर्दै उनले अर्को पक्ष कहाँ छ भनेर खोज्नुपर्नेअवस्था आएको बताएको छ। भट्टले जनयुद्धमा ज्यान गुमाएका १२ हजारको जिम्मा कसले लिने भन्दै पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित प्रश्न गरेका छन्। टुँडिखेलमा पुगेर जनयुद्धमा मारिकएका ५ हजार जनाको जिम्मा लिने बताएको तर अरूको जिम्मा कसले लिने भन्दै नेता भट्टले यस्तो प्रश्न उठाएका हुन्।


  •  
  •  
  •