यी तीन महिलाकाे लाखाैँ कमाउने धन्दा यस्ताे!

299
  •  
  •  
  •  

काठमाडौं,३० चैत (अाेएनएस) : अचेल समाजमा पुरुष जस्तै महिलाहरुले पनि कुनै काम गरेर प्रतिष्ठीत बन्ने काेशिस गरिरहेकाे समयमा काेर्इ महिला धेरै पैसा कमाउनकाे लागि नराम्राे बाटाे पनि अपनाएका हुन्छन। यस्तै नराम्राे बाटाे अपनाएर धेरै पैसा कमाउने लाेभमा ‘बेश्यावृती’ लार्इ कमाउ धन्दा बनाएपछि तीन महिला पक्राउ परेकी छिन्।

ती तीन महिलाहरु खाजाघरकाे अावरणमा ‘बेश्यावृती’ काे धन्दालार्इ निरन्तरता दिइरहेकी थिइन। सानाे खाजाघर तर कर्मचारी बढी त्याे पनि महिलालार्इ कर्मचारी राखेर अवैध धन्दालार्इ लामाे समय देखि ती महिलाहरु चलार्इरहेकाे प्रहरीकाे दावी छ।

खाजा घरको नामा तनहुँकी जुना पोखरेललाई प्रहरीले नियन्त्रणमा लिइ कारवाही प्रक्रिया अागाडी बढाएकाे छ।

त्यस्तै घर भाठामा लिएर वेश्यालय चलाउने सिरहा पदमपुरकी गिता दाहाल र झापा सुरुङगाकी रश्मि सिटौलालार्इ पनि प्रहरीले पक्राउ गरेको छ।  पक्राउ परेका तीनै विरुद्ध सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। विशेष सूचनाकाे अाधारमा १८ देखि ३० उमेरका युवतीहरुलाई राखेर अनैतिक गतिविधि गराइरहेकाे आरोपमा काठमाडौंको गौशलाबाट ती महिलाहरुलार्इ प्रहरीले पक्राउ गरेकाे हाे।


  •  
  •  
  •