पहिलो शहीद लखन थापाको स्मृति दिवस मनाइँदै

80
  •  
  •  
  •  

काठमाडौं । नेपालका पहिलो शहीद लखन थापाको १ सय ४३ औँ स्मृति दिवस आज मनाइँदैछ ।
थापाको जन्मस्थल गोरखाको शहीद लखन गाउँपालिका ८ को बुंकोटमा विभिन्न कार्यक्रम गरिँदैछ ।

विसं १९३३ फागुन २ गते तत्कालीन राणा शासकले बुंकोटको काहुले भंगारमा थापा र उनका सहकर्मी जैसिं चूमी मगरलाई फाँसी दिएका थिए ।

थापालाई नेपाल सरकारले २०७२ साल असोज ३ गते नेपालको पहिलो शहीद भएको मान्यता दिएको हो ।
दिवसका अवसरमा शहीद लखन गाउँपालिकामा आज सार्वजनिक बिदा दिइएको छ ।


  •  
  •  
  •