महालेखा परीक्षक कार्यालयद्वारा वार्षिक प्रतिवेदन सार्वजनिक

५१ खर्ब ६० अर्ब ९२ करोड रुपैयाँ बराबरको लेखापरीक्षण (प्रतिवेदनको पूर्णपाठसहित)
1211
  •  
  •  
  •  

काठमाडौं, २९ चैत(ओएनएस) : महालेखा परीक्षक कार्यालयले आफ्नो ५६ औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
शुक्रबार कार्यालयले प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको हो ।

कार्यालयले संघीय, प्रदेश र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्था, जिल्ला समन्वय समिति समेतको गरी ५१ खर्ब ६० अर्ब ९२ करोड रुपैयाँ बराबरको लेखापरीक्षण सम्पन्न भएको जनाएको छ ।

सोमध्ये ४ हजार ८ सय ४१ संघीय सरकारी निकायतर्फ २० खर्ब ८ अर्ब ८४ करोड रुपैयाँ बराबरको लेखा परीक्षणबाट १ खर्ब ६ अर्ब ३४ करोड अर्थात् ५ दलशमलव २९ प्रतिशत बेरुजु देखिएको छ ।

यस्तै अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्ष सरकारी कार्यालको बेरुजु २९.९३ प्रतिशतले बढी देखिएको छ ।
यो वर्ष संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह, जिल्ला समन्वय समिति, अन्य समिति तथा संस्थातर्फ लेखापरीक्षणबाट औल्याईएको बेरुजू १ खर्ब ४१ अर्ब ५ करोड रुपैयाँ रहेको छ ।

यो वर्ष ७ प्रदेशको २ खर्ब ६२ करोडको लेखापरीक्षणबाट १९ करोड ५१ लाख रुपैयाँ अर्थात् ७ दशमलव २५ प्रतिशत बेरुजु कायम भएको र ७ सय ४७ स्थानीय तहको ५ खर्ब ७१ अर्ब ५१ करोड रुपैयाँ बराबरको लेखापरीक्षणबाट २४ अर्ब १४ करोड अर्थात् ४ दशमलव २२ प्रतिशत बेरुजु देखिएको छ ।

त्यस्तै सार्वजनिक संस्था, जिल्ला समन्वय समिति र अन्य समितिको २५ खर्ब ७७ अर्ब ९५ करोडको लेखापरीक्षण सम्पन्न भएको छ ।

त्यसबाहेक ३० संगठित संस्थाको ४१ आर्थिक वर्षको लेखापरीक्षणका लागि परामर्श उपलब्ध गराएबमोजिम ७ खर्ब ३९ अर्ब ८० करोडको लेखापरीक्षण समेत यस वर्ष ५९ खर्ब ७२ करोड रुपैयाँ बराबरको लेखापरीक्षण सम्पन्न भएको छ ।

हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ

 


  •  
  •  
  •