लहानकाे मुख्य बजारमा बम बिस्फोट, ६ जना घाइते

246
  •  
  •  
  •  

काठमाडौं, ९ चैत (अाेएनएस) : सिरहाको लहान नगरपालिका ६ मा शुक्रबार दिउँसाे बम बिस्फोट भएको छ । बम बिस्फोटमा परी ६ जना घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय विकास सारडाको सुन चाँदी पसलमा बम विष्फोट हुँदा उनीहरु घाइते भएको प्रहरीले जनाएकाे छ।

लहान बजारकाे मुख्य भागमा बम बिस्फोट हुँदा बजारमा किनमेलका लागि आएका उनीहरु किनमेल गरी रहेका बेला बम विस्फाेटकाे चपेटामा परेका हुन्। घाइतेहरुको परिचय खुल्न सकेको छैन् । घाइते मध्ये ४ जनाको लहानस्थित सप्तऋषि अस्पताल र २ जनाको लहानकै रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

बम बिस्फोट कसले र किन गराएको भन्ने केही खुल्न सकेको छैन । घटनाको अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक गणेशचन्द ठकुरीले जानकारी दिए।

यसअघि गत फागुनब पनि लहानको विभिन्न ठाउँमा अज्ञात समूहले बम बिस्फोट गराएका थिए । लहानमा एक वर्षको अवधिमा यो सहित चार पटक बम विस्फोट भईसकेको सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले जानकारी दिए ।


  •  
  •  
  •