प्रतिवन्धित लागू औषध कारोवार गर्ने युवतीसहितकाे गिरोह प्रहरीकाे फन्दामा

196
  •  
  •  
  •  

काठमाडौं, १४ चैत (ओएनएस) : प्रतिवन्धित लागू औषध कारोवार गर्ने युवतीसहितकाे एक गिरोह प्रहरीकाे फन्दामा परेका छन्। प्रतिवन्धित लागू पदार्थ कारोबार गर्ने गिरहाेमा संलग्न एक युवतीसिहत ५ जनालार्इ प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौ जिल्ला भित्रिने नाकाहरुवाट विभिन्न प्रकारका लागू पदार्थहरु भित्रिने र सो लागू पदार्थ काठमाडौंको विभिन्न स्थानमा लुकाई छिपाई वेच विखन गर्ने भन्ने गोप्य सुचना सूचनाकाे अाधारमा महानगरिय वृत्त कालीमाटीले अनुसन्धान उनीहरुलार्इ ठूलो परिणाममा लागू औषधसहित विभिन्न स्थानबाट पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेमा मकवानपुर हेटौडा घइ भइ हाल काठमाडौं वल्खुमा बस्ने सन्तोष सापकोटा, सिन्धुली दुम्जाघर भईहाल भक्तपुर गठ्ठाघर वस्ने वर्ष २१ को शुशिला विसिङखे र काभ्रे दाप्चा घर भई हाल त्रिपुरेश्वर वस्ने २० वर्षीय आषिका विसिङखे रहेका छन‍्। त्यस्तै पक्राउ पर्नेमा त्रिपुरेश्वर घर भई हाल भक्तपुर गठ्ठाघर वस्ने २३ वर्षीया उर्मिला विसिङखे शाही र उनका श्रीमान बिक शाही रहेका छन्।

अनुसन्धानका क्रममा बल्खु पुल नजिक सन्तोष सापकोटालाई शंका लागि चेकजाँच गर्दा डाईजोल्याप १ नोर्फिन १ फेनालगन १ फेला परेको र उनले दिएको सूचनाको आधारमा भक्तपुर गठ्ठाघरमा बिक शाहीलाई नियन्त्रणमा लिएको जनाएको छ । उनको कोठामा छापामार्दा नोफिन १४०० एम्पुल , डाईजेल्याव १४०० एम्पुल, फिनालगन १४०० एम्पुल फेला परेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •