लागुऔषधसहित तीन जना पक्राउ

81
  •  
  •  
  •  

चितवन, २० असोज (ओएनएस) प्रहरीले रत्ननगर नगरपालिका–४ बाट लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएका टोलीले आइतबार उनीहरूलाई पक्राउ गरेको प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । उनीहरू भारत घर भई चितवनको रत्ननगरमा तरकारी खेती गर्ने गरेको प्रहरीले जनाएको छ ।

उनीहरूसँग खैरो हेरोइनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामा भारत मोतिहारी घर भई हाल रत्ननगर–४ बस्ने ३२ वर्षीय नुरुल मियाँ, सोही ठाउँ बस्ने ३४ वर्षीयका नजुल्ला देवान र भारतको वेतिया घर भई रत्ननगरमा तरकारी व्यवसाय गर्दै आएका ३० वर्षीय सुन्तान खान रहेको प्रहरीले जनाएको छ ।  थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएका उनीहरूलाई लागुऔषध कारोबार ऐनअनुसार कारबाही अगाडि बढाउने प्रहरी निरीक्षक रुगमबहादुर कँवरले जानकारी दिए ।


  •  
  •  
  •