लागूऔषध भित्र्याउने १ भारतीयसहित ३ युवा पक्राउ

355
  •  
  •  
  •  

काठमाडौं, २३ फागुन (अाेएनएस) : काठमाडौँको विभिन्न नाकाहुदैँ राजधानीमा लागूऔषध भित्र्याउने एक भारतीयसहित तीन युवालाई प्रहरीले पक्राउ गरेको छ ।

अवैध लागूऔषध भित्र्याउने एक भारतीय र २ नेपाली नागरिकलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नुवाकोट तलाखु गाविस वडानम्बर १ का सुनिल घिमिरे, बारा गढीमाई नगरपालिका १० का विगु रायभर र भारत दरभंगाका महोम्मद रीयाजुदिन रहेका छन् ।

उनीहरूले लागु औषध सवारीसाधनमा प्रयोग गरिने ‘ग्रिज’को बट्टामा ल्याएका थिए । उनीहरूले ग्रिजको बाल्टिनभरि लागुऔषध राखेर माथिबाट लेप लगाएका थिए । प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका वडा नम्बर २० र २१ बाट ५४ सय ९ थान लागुऔषधको एम्पुलसहित पक्राउ गरेको थियो, जसको बजार मूल्य २३ लाख हुने काठमाडौं प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

प्रहरी अनुसन्धानबाट भारतबाट वीरगञ्ज, विराटनगरलगायत नाका हुँदै लागुऔषध काठमाडौं भित्रिने देखाएको छ । त्यसपछि काठमाडौंबाट विभिन्न ठाउँमा वितरण हुने प्रहरीको भनाइ छ । समूहमा अन्य २ जना पनि रहेको र खोजी कार्य जारी रहेको परिसरका प्रवक्ता मोहन थापाले बताए।


  •  
  •  
  •