लागूऔषध कारोवारी पक्राउ

503
  •  
  •  
  •  

विराटनगर, १२ चैत(ओएनएस) : प्रहरीले सुनसरीको इटहरीबाट एक जना लागूऔषध कारोवारीलाई पक्राउ गरेको छ ।

इटहरी उप–महानगरपालिका ४, आर्मी क्याम्प अगाडिबाट मोरङको बबियाविर्ता–६ घर भई ईटहरी–२ बस्ने ३१ वर्षीय जितेन्द्र राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा सोमबार बेलुका ८ बजे राजवंशीको कोठामा खानतलासी गर्दा १ हजार ८ सय थान नाइट्रोसन, ५ हजार ८ सय ५३ थान ट्रिकेयर, ८ सय ५० थान स्वासपेन, ५ सय ८५ थान स्पास्मो प्रोक्सिभोन र ७४ थान सिटिजेड लगायतका लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •