लागूऔषधसहित पक्राउ

126
  •  
  •  
  •  

स्याङ्जा । प्रहरीले लागूऔषधसहित तीन जनालाई स्याङ्जाको वालिङ– १३, गाहाखोलाबाट पक्राउ गरेको छ ।

प्रतिकात्मक तस्बिर

पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका–२ का ३२ वर्षीय श्रीराम कार्की, भिरकोट नगरपालिका–१, स्याङ्जाका २१ वर्षीय भरत गुरुङ र सोही स्थानका २० वर्षीय सहितविन मियाँ रहेका छन् ।

बुटवलबाट पोखरातर्फ आउँदै गरेको बा३ख ४९७१ नंको माइक्रोबसमा सवार श्रीराम कार्कीको साथबाट नोफिन ७५ थान, डाइजेपाम ७५ थान, फेनारगन ७५ थान, नाइट्राजेपाम ४३ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

वालिङ–१३ गाहाखोलास्थित झाडीमा शंकास्पद अवस्थामा बसेका गुरुङ र मियाँको साथबाट प्रहरीले प्रयोग नभएको सिरिञ्ज पाँच थान, फेनारगन २३ थान, डाइजेपाम २४ थान, नोफिन २२ थानसहित दुबैलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेकाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •