लागूऔषध बरामद

137
  •  
  •  
  •  

उदयपुर । प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ६ लालपत्ताबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिराहाको भगवानपुर गाउँपालिका वडा नम्बर २ बस्ने २० वर्षीय मुकेशकुमार यादव र २३ वर्षीय रमेशकुमार महतो रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट स ७ प ८८०९ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याएको फेनारगन एम्पुल १ सय थान, नोर्फिन एम्पुल १ सय थान, डाईजोल्याब एम्पुल १ सय थान र नगद ७ हजार २ सय ३० रुपैयाँ बरामद गरेको हो ।

पक्राउ परेका यादव र महतोलार्ई जिल्ला प्रहरी कार्यालय उदयुर लगिएको र थप अनुसन्धान भैरहेका प्रहरीले जनाएको छ ।


  •  
  •  
  •