बैंक र फाइन्यान्सबीच महिला उद्यमीकाे क्षेत्रमा लगानी गर्ने सम्झौता

280
  •  
  •  
  •  

काठमाडाैँ, २ बैशाख (अाेएनएस) : बैंक र फाइन्यान्सबीच महिला उद्यमीकाे क्षेत्रमा लगानी गर्ने सम्झौता भएकाे छ। हिमालयन बैंक र विश्व बैंक समूह अन्तर्गतको इन्टरने शनल फाइन्यान्स कर्पोरेशन(आइएफसी) बीच लगानी गर्ने सम्झौता भएको हाे।

बैंक र फाइन्यान्सबीच भएकाे सम्झाैतामा महिला उद्यमीहरुको साना तथा मझौला व्यवसायकाे याेजना माग गरी कर्जा स्वरुप लगानी गर्ने उल्लेख गरिएकाे छ।

उक्त सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट कार्यकारी प्रमुख अशोक शमशेर राणा र आइएफसीका तर्फबाट आवासीय प्रतिनिधि एम रेहान रशिदले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार आइएफसीले हिमालयन बैंकलाई आवश्यक कोष कर्जा स्वरुप उपलब्ध गराउने छ। महिला उद्यमीहरुको साना तथा मझौला व्यापार स्थापना, सञ्चालन र प्रवद्र्धन गर्नु उक्त सम्झौताको मुख्य उदेश्य हो।

 


  •  
  •  
  •