लगानी सम्मेलन आजदेखि शुरु हुँदै

539
  •  
  •  
  •  

काठमाडौं,१५ चैत(ओएनएस) : काठमाडौंमा आजदेखि लगानी सम्मेलन २०७५ शुरु हुँदैछ ।
दुई दिनसम्म चल्ने लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।

काठमाडौंको सोल्टी होटलमा हुने लगानी सम्मेलनमा ४० देशमा उच्चपदस्थ प्रतिनिधिसहित ६ सयभन्दा बढी लगानीकर्ता सहभागी हुने जनाइएको छ ।
सरकारले विदेशी लगानी आकर्षित गर्न भन्दै यो सम्मेलन आयोजना गरेको हो ।
सम्मेलनमा नेपाल सरकारका तर्फबाट लगानी बोर्डले लगानीकर्ता माझ ५० वटा सरकारी परियोजनाको खाका प्रस्तुत गर्नेछ भने निजी क्षेत्रका व्यवसायी १७ वटा आयोजनाका लागि विदेशी लगानीकर्तासमक्ष लगानीको खाका प्रस्तुत गर्ने तयारी रहेको छ ।

सरकार तथा निजी क्षेत्रबाट ३० खर्ब रुपैयाँभन्दा बढीको लगानीको अपेक्षा गर्दै ७७ वटा आयोजनाको विषयमा लगानी कर्तासम्क्ष आयोजनाको चिनारीसहित आवश्यक लगानी खाका प्रस्तुत गर्दैछन्।् ।

शुक्रबार र शनिबार काठमाडौंमा आयोजना हुन लागेको लगानी सम्मेलनमा ३ दर्जनभन्दा बढी विदेशी उच्च पदस्थ अधिकारीले सम्बोधन गर्ने भएका छन्।् ।

सम्मेलनका लागि म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यु थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टबीग स्याफर, एसियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन सहभागी हुने जनाइएको छ ।

त्यस्तै विश्व बैंकअन्तर्गतको बहुपक्षीय लगानी प्रत्याभुति सम्बन्धी निकायका उपाध्यक्ष तथा प्रमुख कार्यकारी केईको होण्डा, अन्तर्राािष्ट्रय वित्त निगमका आर्थिक तथा नीजि क्षेत्र विकास सम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेस र एसियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्य सञ्चालन सम्बन्धी उपाध्यक्ष डोङ लीले सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यसैगरी, माईक्रोसफ्ट, अमेजन, पावर चाईना, चाईना रेलवे, डाबर, युनिलिभर, लगायतका विश्व प्रसिद्ध कम्पनीका उच्च पदस्थ प्रतिनिधिहरुको पनि उपस्थिति रहनेछ ।

सम्मेलनको पहिलो दिन नेपाल सरकारको तर्फबाट लगानी अवसर तथा लगानी सम्बन्धी नीतिगत सुधारहरुको प्रस्तुतीकरण, नेपालमा लगानी गरिरहेका लगानीकर्ताको अनुभव, अन्तर्राष्ट्रिय लगानीकर्ताको लगानी सम्बन्धी अनुभवलगायत ७ वटा विषयगत सत्रमा सञ्चालन हुनेछ ।


  •  
  •  
  •