लगानी सम्मेलनको पूर्वसन्ध्यामा आज प्रि–लगानी सम्मेलन

464
  •  
  •  
  •  

काठमाडौं, १४ चैत(ओएनएस) : शुक्रबारदेखि हुने लगानी सम्मेलनको पूर्वसन्ध्यामा सरकारले आज प्रि–लगानी सम्मेलन गर्दैछ ।

काठमाडौंमा हुने प्रि–लगानी सम्मेलनमा परिचयात्मक कार्यक्रमसँगै नेपालमा लगानीका सम्भाब्यताका विषयमा विभिन्न समूहमा छलफल गर्ने कार्यक्रम छ ।

आज हुने कार्यक्रममा काठमाडौंमा उपलब्ध सीमित लगानीकर्ताहरु मात्रै सहभागी हुने लगानी बोर्डले जानकारी दिएको छ । शुक्रबार र शनिबार हुने सम्मेलनलाई सहज बनाउन बोर्डले प्रि–लगानी सम्मेलन आयोजना गरेको हो ।

सम्मेलनमा ७७ वटा परियोजना प्रस्ताव गर्ने सरकारी तयारी छ । ति मध्ये ५० वटा सरकारी स्तरका र २७ वटा निजी छन । एकदर्जन परियोजनामा सम्मेलनकै क्रममा हस्ताक्षर गर्ने तयारी छ ।


  •  
  •  
  •